अवरुद्ध मदन भण्डारी र बिपी राजमार्ग एक तर्फी खुल्यो

सिन्धुली। बाढी र पहिरोले अवरुद्ध बनेको मदन भण्डारी र बिपी राजमार्गको एकतर्फी सञ्चालनमा आएको छ।

अविरल वर्षाका कारण बाढी र पहिरोको कारण अवरुद्ध बनेको मदन भण्डारी लोक मार्ग र बिपी राजमार्ग एकतर्फी  सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्ले ले जानकारी दिए।

मदन भण्डारी लोक मार्गको सिन्धुली-हेटौँडा खण्डको हरिहरपुरगढी गाउँपालिका हाक्पारमा पहिरो र बिपी राजमार्ग माम्तीखोलाको बाढीले अवरुद्ध बनेको थियो।

त्यस्तै मध्य पहाडी लोक मार्गको गोलन्जोर गाउँपालिका-६ हैबार बेँसीमा लेदो सहितको पहिरोको कारण अझै राजमार्ग अवरुद्ध रहेको छ।अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर