सिन्धुलीमा रेडबुल कम्पनीका डिलर म्यानेजर मृत फेला

सिन्धुलीमाढी । सिन्धुलीको एक होटलमा रेडबुल कम्पनीका डिलर म्यानेजर मृत फेला परेका छन् ।

रेडबुल कम्पनीका डिलर म्यानेजर रहेका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ६ का ४१ वर्षीय नारायण बोहोरा मृत अवस्थामा फेला परेका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा रहेको मुस्कान होटलमा मृत फेला परेका बोहोरा सिन्धुली, ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाहरूको मार्केटिङ म्यानेजर को रुपमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए।

उनका अनुसार लाश पोष्टमाटमको लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएको छ । गत माघ ३ गतेदेखि होटलको १०३ नम्बर कोठा भाडामा उनी बस्दै आएका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर