सिन्धुलीको ई.मरिण ठाकुर सहित, दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज

२० असार, सिन्धुली ।  सिन्धुलीको ई.मरिण ठाकुर निर्माण सेवा कम्पनी सहित दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ ।

निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार यसरी लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा  कमलामाई नगरपालिका -६ सिन्धुलीको मिश्र कुमारी श्रेष्ठको नाममा  रहेको ई.मरिण ठाकुर निर्माण सेवा कम्पनी प्रा लि सहित फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन छन् ।

यसैगरी असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको छ ।

त्यस्तै श्रीजंगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे के आर निर्माण सेवा, एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन र रुद्रकुमार कक्षपति निर्माण सेवा  लाइसेन्स समेत रद्द भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी विकन कम्पनी, आर कोमल कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन र फलोरिडा कन्स्ट्रक्सनको लाइसेन्स समेत रद्द भएको भौतिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर