चपौलीका किसानले पाए, दुधको अनुदान रकम

सिन्धुलीगढी। चपौलीका किसानलाई दुधको अनुदान रकम वितरण गरिएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीका १ सय ५० किसानलाई दुधको अनुदान रकम वितरण गरिएको हो।

सङ्घीय सरकारबाट हस्तान्तरित गाई तथा भैँसी प्रवर्द्धन कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आबद्ध किसानहरूलाई प्रति लिटर तीन रुपैयाँ अनुदान दिएको थियो।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोख्रेलले ७ लाख १२ हजार८ सय १८ रुपैयाँको चेक दुग्ध उत्पादन सहकारीलाई हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पोख्रेलले नगरपालिकाले उत्पादनको आधारमा अनुदान कार्यक्रम दिने र कृषकहरूलाई उत्पादनमा जोड दिन आग्रह गरेका थिए । उनले कमलामाई नगरपालिका ३ चपौली विशेष गरी पशुपालन दुध उत्पादन र सँगसँगै तरकारी खेती फलफूल खेतीको अनुकूल वातावरण भएकोले कृषकहरूले यस तर्फ ध्यान दिन र स्थानीय सरकारले जुन कुनै प्रकारको सहयोगको लागि तयार रहेको बताए । उनले भने, ‘वास्तवमै बिहानको बिहानै र बेलुकाको बेलु कै दुध विक्रीले कृषकहरूमा उत्साह र दैनिक अर्थ सँग जोडिएर पेशा व्यवसाय गर्दा अन्य व्यवसाय भन्दा फरक हुने हुनाले ढुक्क भएर दूध उत्पादन तर्फ उन्मुख हुनुहोला ।’ दुध उत्पादन, संकलन केन्द्र, दुध ढुवानी, बिक्री लगायतको उत्पादन र उपभोग सम्मको श्रृङखला लाई स्वच्छ , पारदर्शी र व्यवस्थित बनाउन कृषक , सहकारी, डेरी ले जोड दिन र आवश्यक परेको बखतमा स्थानीय सरकार सदैव हर प्रकारको सहकार्य, समन्वय गर्न तयार छ।

त्यसैगरी वडा अध्यक्ष खड्ग प्रसाद चौलागाईले दुग्ध उत्पादक सहकारी मार्फत प्राप्त अनुदान रकमलाई प्रोत्साहनको रूपमा लिई आगामी दिनमा अझ बढी दूध उत्पादनमा जोड दिन अनुरोध गर्दै दुग्ध क्षेत्रमा विशेष योजना बनाउने बताएका थिए ।

सिन्धुलीगढी दुग्ध उत्पादन सहकारीले तारु फेदी, कार्की टोल, निगाले , देवकोटा चोक र स्कुल चोक लगायत ५ वटा दुग्ध संकलन केन्द्रबाट दैनिक दुध संकल भइरहेको सहकारीका अध्यक्ष बलराम अधिकारीले जानकारी दिए ।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर