बेलघारी बालमैत्री वडा घोषणा

बेलघारी। तीनपाटन गाउँपालिका – १ बेलघारीलाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ।

बेलघारीस्थित चन्द्रावती माविको प्राङ्गणमा आयोजित समारोहमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले तीनपाटन गाउँपालिका वडा -१ अध्यक्ष गोविन्द राउतलाई बालमैत्री वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गर्दै बालमैत्री वडा घोषणा गरेका हुन्।

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम तीनपाटन गाउँपालिका– १ (पूर्वमा लङ्गुर खोला, पश्चिममा हात्तीसार, उत्तरमा चदाहा खोला र दक्षिणमा छरछरे, तिरतिरे क्षेत्र)लाई बालमैत्री वडा घोषणा गरिएको हो।

बेलघारीलाई प्लान इन्टरनेशनल नेपाल र जनजाति समाज विकास कार्यक्रम ( जेएसडिपी) को सहयोगमा बालमैत्री वडा घोषणा गरिएको हो।

बेलघारी बालमैत्री स्थानीय शासन वडा घोषणा सिन्धुली जिल्लामा पाँचौँ र तीनपाटन गाउँपालिकाको चौथो वडा बनेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर