भकुण्डेबेसीमा बाेलेरेकाे ठक्करबाट लामाको मृत्यु

धुलिखेल। काभ्रेपलान्चोकको नमाेबुद्ध नगरपालिका वडा ७,  भकुण्डेबेसीमा बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बिपी राजमार्गको भकुण्डेबेसी बुद्ध चोकमा गए राति १० बजे भकुन्डेबाट कटुन्जे तर्फ जाँदै गरेको बा १ च २४९६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा ८४ वर्षीय शेरब लामाको मृत्यु भएको हो।

बोलेरोको ठक्कर पछि लामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि   धुलिखेल अस्पताल लगिएकोमा  राती ११ बजे नै उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीले ठक्कर दिने बोलेरोका चालक र बोलेरोलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको जनाएकाे छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर