मध्य पहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्ड अबरुद्ध

सिन्धुली । अविरल वर्षाका कारण पहिरो झर्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ ।

लोकमार्गको सिन्धुलीको खुर्कोट – घुर्मी सडकखण्ड अन्तर्गत गोलन्जोर गाउँपालिकाका कुडुले हैबारबेसी फिक्कल गाउँपालिकाको सुनदामबेसी, नवलपुर,खाङ्साङ्ग , सोखुखोला लगायत क्षेत्रमा गएराति परेको बर्षाका कारण लेदोसहतिको पहिरो झर्दा र बाढीले अबरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द प्रसाद काफ्ले ले बताए ।

एसपी काफ्लेका अनुसार सडकमा लेदो सहित ढुंगा खस्दा सो सडकमार्ग भए ओखलढुंगा खोटाङ,सोलखुम्बु भोजपुर सो स्थानमा जाने सवारीसाधन बिच बाटोमा नै रोकिएका छन् ।

पहिरो पन्छाउन स्काभेटरसहित प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताए । साथै सो स्थानका विभिन्न भागमा पहिरो झरीरहेकाले पैदल यात्रीहरुलाई समेत सचेत भएर हिँड्न प्रहरीले आग्रह गरेको छ ।

तस्विरः विष्णु न्यौपाने


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर