स्ल्यास परियोजनाको नगरपालिका स्तरीय समन्वय तथा समिक्षा भेला कार्यक्रम सम्पन्न

सिन्धुली ।युवा आवद्धता द्धारा स्थानीय तहको जवाफदेहिता अभिबृद्धी ( स्ल्यास) परियोजनाको नगरपालिका स्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको । मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल) सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र कमलामाई नगरपालिका सिन्धुलीको साझेदारीमा भएको समिक्षा कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो ।

समाजमा रहेका युवा वर्गलाई स्थानीय तहको काम, कर्तव्य र अधिकार प्रति जवाफदेहिता अभिवृद्धिका लागी सुनिश्चित गराउँने, युवा वर्गको वहुआयामिक स्वविकासमा ठोस बल पुग्ने कार्यमा उत्पे्ररक बन्ने र विद्यमान संचारका माध्यमबाट आफ्नो आवाज अरु समक्ष सुन्न र सुनाउँन योग्य युवा शक्तिको विकास गर्ने उदेश्यले यो परियोजना संचालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै शिद्धबाबा मा.वि पानीट्याङ्कीका प्रधानाध्यापक टोम प्रसाद काफ्लेले आफ्नो विद्यालयमा सिन्धुली जिल्लाका मात्र नभई अन्य जिल्लाहरुबाट पनि विद्यार्थीहरु अध्ययनका लागी आउँने गरेकाले विद्यालयमा छात्राबासको आवश्यकता रहेको बताउँनु भयो । यसका लागी स्थानीय तहसँग छलफल भईरहेको बताउँदै उहाँले स्थानीय सरकार, प्रदेश, संघ र गैर सरकारी संस्थाहरुले सहयोग गरेमात्र छात्रावासका लागी भवन निमार्ण गर्न सकिने बताउँन भयो । सामाजिक विकासका २ वटा पाटाहरु स्वास्थ्य र शिक्षामा विकास गर्न नसकेमा विकास भएको ग्यारेन्टी नहुने उहाँको भनाई छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएको स्कोरिङ बाट यस क्षेत्रको समस्या पहिचान भएको बताउँदै कमलामाई नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजन न्यौपानेले अबको बजेट पुर्वाधारमा मात्र नभई मानव शंसाधनको विकासमा पनि विनियोजन गरिने बताउँनु भयो ।

कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकरराज लूईटेलले युवा वर्गको क्षमता विकासको साथसाथै समस्या पहिचान गरि समस्या समधानमा लागी सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीलाई घचघचाईरहने र पहल गर्ने काम गरेकाले यो परियोजना अन्तर्गतका कार्यक्रम कमलामाई नरपालिकाका सबै वडामा संचालन हनु आवश्यक रहेको बताउँनु भयो ।

सिन्धुलीको कमलामाई नगरपालिकाका वडा नम्बर १, ५, ६, ९, १३ र १४ गरि ६ वटा वडाको १६ देखि २४ बर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरि यो परियोजना संचालन भईरहेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर