सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खस्दा अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुल्यो

सिन्धुली ।सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खस्दा अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग संचालनमा आएको छ । उक्त राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ६ अकरे भिरमा आज बिहान १०.१५ बजेको समयमा सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खस्दा बाटो दुई तर्फि अबरुद्ध भएको थियो ।

सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो खसि बाटो अबरुद्ध भएको छ भन्ने खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट हैबारबेसिबाट ट्राफिक सहितको प्रहरी टोलीे खटी गएको थियो ।

प्रहरीले यान्त्रिक कार्यालय मुल्कोटमा रहेको जे.सि.भि.को सहायताले स्थानिय र प्रहरीको सहयोगमा दिउँसो १.५ बजेको समयमा पहिरो पन्छाएपछि बाटो संचालनमा आएको हो । बाटो संचालनमा आए पछि होल्डमा रहेको सवारी साधन आ आफ्नो गन्तव्य तर्फ लागेका प्रहरीले जनाएको छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर