चुनाव हारेपनि बाचा पुरा गर्दैः एमाले नेता थापा

चुनावमा पराजित भएपनि  एमालेका नेता मनोज जंग थापाल आफ्ना बाचा पुरा गर्न क्रियाशील रूप मा लागिपरेका छन् ।

एमालेबाट सिन्धुली क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मनोज जंग थापा चुनावी प्रचारमा २०७९ असोज ७ गते शुक्रवार मरिण गाउँपालिकाको कर्णाली भनिने वडा नं १ को मधुवनी, कार्तिके, खलङ्गा लगायत गाउँ बस्ती पुगेका थिए।

चुनावी अभियानमा घरदैलोमा मतदाता भेट्न पुगेका उम्मेदवार थापालाई स्थानीयहरूले सुविधा सम्पन्न स्वास्थ्य चौकी छैन। बर्थिङ्ग सेन्टर नभएको कारण धेरै गर्भवती महिलाहरूले दुःख पाएका छन् कपिलाकोट धाउनुपर्ने अवस्था छ । हामी सधैँ मरिण सरकारको उपेक्षामा परेका छौ ।त्यसैले तपाईँले चुनाव जितेपछि यस क्षेत्रको विकासमा सहयोग गर्नुपर्छ। सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर बनाउन बजेटको व्यवस्था गर्नुपर्छ भनेर सुनाएका थिए। माग राखेका थिए।

मनोज जंग थापा चुनावी प्रचारमा २०७९ असोज ७ गते शुक्रवार मरिण गाउँपालिका वडा नं १ को मधुवी, कार्तिके, खलंगा लगायत गाउँबस्तीमा  मतदाता सँग /  फोटोः सामाजिक संजाल

एमाले नेता मनोज जंग थापाले आफू प्रतिनिधि सभामा विजय भएपछि त्यहाँका समस्या समाधान गरिदिने आम मतदाता सँग प्रतिबद्धता जनाएर फर्किएका थिए। तर थापा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भए, त्यहाँ चुनावी अभियानमा बोलेका बाचा पुरा गर्न लागिरहे । चुनावमा पराजित भएपनि थापाको विशेष पहलकदमीमा अहिले मरिण गाउँपालिका १ कार्तिकेमा रहेको सामुदायिक स्वास्थ्य केन्द्र स्त्तोरउन्नती गरेर बर्थिङ्ग सेन्टर सञ्चालनको लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट १० लाख रकम विनियोजन भएको छ।

पहिलो चरणमा अहिले भइरहेको सामुदायिक स्वास्थ्य केन्द्रलाई स्त्तोरउन्नती गरेर बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने र निकट भविष्यमा नै सुविधा सम्पन्न भवनको व्यवस्था गर्ने मनोज जंग थापाले माईशिर डटकमलाई जानकारी दिए।

कार्तिकेमा बर्थिङ्ग सेन्टर सञ्चालन हुने भएपछि धेरै खुसी लागेको स्थानीय दिपा सिंजाली मगर बताऊँ छिन्। उनी भन्छिन्, गाउँमा नै बर्थिङ सेन्टर बन्ने भएपछि धेरै राहत हुने छ। कपिलाकोट पुग्नुपर्ने दिनको अन्त्य हुनेछ। त्यसैले मनोज जंग थापाले हाम्रो माग पुरा गरिदिनुभयो। उहाँले आफ्नो चुनावी प्रतिबद्धता पुरा गर्नु भयो हामी खुसी छौ।

मरिण गाउँपालिका १ कार्त्तिकेमा निर्माण हुने बर्थिङ्ग सेन्टरमा मधुवनी, खलङ्गा, भदौरे, पाँचघरे र चुक्ते वडा नं २ को भोक्टेनी , सेपाहा सहित छिमेकी जिल्ला काभ्रेको महाभारत गाउँपालिका बाँसपुर अँधेरी लगायतका नागरिकहरू विशेष गरी गर्भवती महिलाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने छ। सेवा पुग्ने छ।

त्यसैगरी थापाले चुनावी प्रतिबद्धता पुरा गर्ने क्रममा कमलामाई नगरपालिका १२ मा टेलिकम टावर स्थापना गर्न समेत पहल गरेको र हाल सर्भे सम्पन्न भएर टावर निर्माणको काम अगाडी बढेको वडा अध्यक्ष भीम गुर्माछानले बताए।त्यति मात्रै होइन, थापाको पहलमा मरिण, हरिहरपुरगढी र घ्याङ्लेख गाउँपालिकामा पनि टेलिफोन टावर कार्य अगाडी बढेका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर