तीनपाटनमा बेथिति: अध्यक्ष मगरले लिए, तोकिए भन्दा बढी ‘इन्धन खर्च’

चकमके । सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगरले बागमती प्रदेशले तोकिएको भन्दा धेरै इन्धन खर्च गरेका छन्।

बागमती प्रदेश सरकारले प्रथम संशोधन २०७७ वैशाख ३ मा राजपत्रमा प्रकाशन गरेको पदाधिकारी सुविधा सम्बन्धी ऐनको अनुसूची १ मा उल्लेख भएको सुविधा मात्र दिन मिल्नेमा गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले मासिक तोकिएको इन्धन सुविधा बाहेक थप ४ लाख ९९ हजार ९४६ लिएको महालेखा परीक्षकको प्रतिवेदले देखाएको छ।

वागमती प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सम्बन्धी सम्बन्धी ऐन २०७५ को दफा ३ मा स्थानीय तहका पदाधिकारी सदस्य र सभाको सदस्यले आफू निर्वाचित भए अनुसार अनुसूची २ बमोजिम पद तथा गोपनीयताको शपथ लिई आफ्नो पदको काम कारबाही सुरु गरेको मिति देखि मासिक सुविधा पाउने व्यवस्था छ ।

 

त्यसैगरी गाउँपालिकामा दुई सवारी साधन हुँदाहुँदै पनि भाडामा सवारी साधन लिएर १ ६ लाख २० हजार रुपैयाँ अनियमितता गरेको समेत महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर