गोलन्जोरमा अनियमितता: पोषणको बजेटमा ‘डकुमेन्ट्री’

ग्वाल्टार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बहु क्षेत्रीय पोषण कार्यक्रम दुरुपयोग भएको पाइएको छ।
महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष २०७९ ०८० को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा बहुक्षेत्रीय पोषण कार्यक्रमको  बजेट तत्कालीन कार्यक्रम संयोजक तुलसी प्रसाद कोइरालाले अनियमितता गरेको औँल्याएको छ।

प्रतिवेदनमा कार्यक्रम संयोजक कोइरालाले  सुनौलो हजार दिनका आमा तथा बच्चहरुको लागि पोषिलो खानेकुरा वितरण र पशुपालन लगायतमा खर्च गर्नु पर्नेमा परिकल्पना नगरेको वृत्त चित्र (डकुमेन्ट्री) निर्माण गरी  २ लाख ९९ हजार ४५० अनियमित गरेका छन्।

महालेखापरिक्षकको बार्षिक प्रतिवेदन २०७९/०८० बाट 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको निर्देशिका र नम्समा रही कार्यक्रम गर्ने गरी परिपत्र भए पनि पोषणको बजेट उद्देश्य विपरीत फरक कार्यक्रम सञ्चालन गरी खर्च लेखेको नियमसम्मत नदेखिएको र अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर