नेकपा एमाले अहिले पनि चुनौतीको बिचमा छ: महासचिव पोख्रेल 

च्यासल । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एमाले अहिले पनि चुनौतीको बिचमा रहेको बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यी चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्ने बताए । पार्टी समक्ष रहेका चुनौती सामना गर्न पार्टी र पार्टीका विभाग तथा जनसंगनठको महत्पूर्ण भूमिका हुने उहाँले प्रष्ट पारे । ‘पार्टीलाई सही रूपमा अघि बढाउन भूमिका खेल्ने काम विभागहरूले गर्नुपर्दछ’, उनले भने ।
आफूले प्राप्त गरेको कामको क्षेत्र पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन र जनतामा जोडिनको लागि हो भन्ने कुरा जिम्मेवारी प्राप्त गर्नेले अनुभूत गर्नुपर्नेमा उनले जोड दिए । जसले जे जिम्मेवारी पाएको छ, उसले पाएको त्यो जिम्मेवारीको महत्त्वपूर्ण अर्थ रहेको बताए । पार्टीका हरेक गतिविधि जनतासँग जोडिनु पर्ने उनको भनाइ रहेको थियो ।
जनतालाई उपेक्षा गरेर पार्टीको काम अघि नबढ्ने उनले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने कुरा भने उचित नभएको उनले स्पष्ट पारे । त्यसैले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।
जनताको बिचमा जाने क्रम निक्कै पातलिएको भन्दै पोखरेलले जनतासँग जाने कुरालाई बाक्लो गराउनु पर्ने बताए । अहिले नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको भन्दै उनले युवालाई राजनीतिमा नल्याएसम्म भविष्य सुरक्षित नहुने बताए । ‘वर्तमानमा मात्र रमाएर भविष्य बन्दैन, भविष्यको सुरक्षा गर्न भविष्यलाई सुरक्षित गर्नुपर्छ’,उनले भने  ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर