सुनकोशी गाउँपालिकाः मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता वितरण

सिन्धुलीमाढी । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मृत्यु भइसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखिएको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ /८० को प्रतिवेदन अनुसार पालिकाले मृत्यु भइसकेको व्यक्तिको खातामा ३७ हजार ८१० रुपैयाँ रकम जम्मा गरेको हो ।

पालिकाले मृत्यु भइसकेका ३ जनाको नाममा भत्ता वितरण गरेको हो । वडा नम्बर ३ का सनमान कार्की, वडा नम्बर ५ का राम बहादुर थापा र वडा नम्बर ६ का टंक बहादुर राना मगरको नाममा भत्ता वितरण गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार सामााजिक सुरक्षाको अख्तियारी पाउने सम्बन्धित स्थानीय निकाय हुने भनेको छ ।

यस कार्यविधि अनुसार स्थानीय तहले लाभग्राहीको नाम दर्ता र नविकरण, लगत कट्टा तोकिएको मिती भित्रै गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने, प्रत्येक वर्ष लगत अद्यावधिक गरी लाभग्राहीको संख्या एकिन गर्नुपर्ने, भत्ता वितरण गर्दा बैंक मार्फत गर्नुपर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नियमित रुपमा अनुगमन गर्नुपर्ने, केन्द्रिकृत सूचना प्रणालीमा प्रविष्टी गरि अद्यावधिक गर्ने जिम्मेवारी पाएको छ ।

तर पालिकाले लाभग्राहीको मृत्यु भइसके तापनि लाभग्राहीको लगत कट्टा नगरी बढी खर्च गरेको देखिएको महालेखाले जनाएको छ ।

महालेखाले लाभग्राहीको लगत अद्यावधिक गरी बढी खर्च लेखेको रकम पालिकाबाट एकिन गरी असुल गर्न भनेको छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर