सूचना, प्रविधि तथा डिजिटल पेडागोजी सम्बन्धी शिक्षकहरूका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिन्धुली। शिक्षकहरूका लागि सूचना, प्रविधि तथा डिजिटल पेडागोजी सम्बन्धी ४ दिने क्षमता अभिवृद्धि तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

मानव तथा राष्ट्रिय विकास समाज ( हेण्ड्स ) नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा जि.एस.एस परियोजना अन्तर्गत भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

कमलामाई नगरपालिका ६ मा रहेको प्रयास होटलमा शनिवारबाट सञ्चालन भएको तालिममा शिक्षकहरूले सूचना, प्रविधि तथा डिजिटल पेडागोजी ( शिक्षण विधि )सम्बन्धी जानकारी दिए थियो।

तालिममा सहभागी शिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङ्कीका प्रधानाध्यापक टोम प्रसाद काफ्लेले अबको युग प्रविधिको युग भएकोले शिक्षालाई प्रविधि सँग जोड्न आवश्यक रहेको बताए। उनले साथै, शिक्षकहरूलाई सूचना प्रविधि सम्बन्धी ज्ञान हुन आवश्यक रहेको बताउँदै अबको शिक्षण सिकाई प्रविधिमैत्री नभए समय अनुकूल शिक्षा प्रदान गर्न नसकिने जिकिर गरेका थिए।

तालिममा मरिण , सुनकोसी, गोलन्जोर गाउँपालिका, दुधौली र कमलामाई नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयका १६ जना शिक्षक, शिक्षकहरूको सहभागिता रहेको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर