अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक [ भिडियो सहित ]

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शङ्कर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र  भइरहेका विभिन्न घटनाहरूलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्त्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरूले भोग्न पर्ने समस्या लाई अलिकति भए पनि मलम लगाउने प्रयास स्वरूप बहु निमार्ण गरिएको छ । एउटी बुहारी पनि कसैकी छोरी हा े। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टि सुब्बा , सम्राट अधिकारी , रश्मि श्रेष्ठ, राधिका थापा, प्रतीक्षा लिम्बु र दीपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

‘बहुरानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
 https://www.youtube.com/watch?v=tkwEI4syiww

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर