समाचार प्रभाव: सिन्धुली अस्पतालले अपडेट गर्‍यो वेबसाइट

सिन्धुलीमाढी। सिन्धुली अस्पतालले वेबसाइट अपडेट गरेर आफ्नो  कमजोरी सच्याएको छ । बिहीबार माईशिर डटकमले  ‘अपडेट’ हुँदैनन् सिन्धुलीका सरकारी कार्यालयका वेबसाइट: बेकामे सूचना अधिकारी भन्दै समाचार प्रकाशित गरेसँगै सिन्धुली अस्पतालले त्यसलाई तत्काल आंशिक सुधार गरेको हो ।

यस अघि यसअघिको वेबसाइटमा सिन्धुली अस्पतालको परिचयमा जिल्ला आयुर्वेद केन्द्र मुगुको परिचय  रहेको थियो ।अस्पतालले परिचय र स्थापना सच्याएको मात्र देखिन्छ। तर अस्पतालले अझै पनि अस्पतालबाट हुने सेवा प्रवाह, कर्मचारी विवरण, विभाग र सम्पर्क नम्बर अझै पनि सच्याएको छैन।

वेबसाइट  सर्च गरिसकेपछि यस अघि देखिने स्क्रिन र कमजोरी सच्याएपछि देखिने स्क्रिन

तर यता अन्य अधिकांश कार्यालयहरूको वेबसाइट अझै उस्तै छन्। कुनै पनि तथ्याङ्क अपडेट भएका छैनन्।

यो पनि पढ्नुसः

‘अपडेट’ हुँदैनन् सिन्धुलीका सरकारी कार्यालयका वेबसाइट: बेकामे सूचना अधिकारी


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर