तीन [मुक्तक]

१.

हिँड्दाहिँड्दै यात्रा यो, रोकिएपछि थाहा भयो!

वेदनाको पर्खालसङ ठोकिए पछि थाहा भयो!

नचाहेरै छोड्न पर्ने, मनको इच्छा मार्न पर्ने
दु:ख के हो “कस्तो हुन्छ” भोगे पछि थाहा भयो !!
२.
के लेखै तिमीलाई तिमी त एउटा कहानी हौ !
जस्ला सबै बाट लुकाएर सुन्छु,
तिमी त्यो सास हौ॥
जस्ला मेरो धड्कन सङ महसुस गर्दछु ।
लुकेर मिल्दछ  सपनामा बिहान उठेर तिमीलाई खोज्द छु ॥
३.
निस्ठुरी तिमीलाई सम्झेर अब रुँदिन म
अमूल्य यो आशुले अनुहार धुँदिन म ।
 सिसा जस्तै चर्कियो नाता,अब जोड्दिन म
 शिशिर पछि वसन्त आउँछ, भो अब रुँदिन म ॥
४.
हिजोआज आफैलाई भार भो जिन्दगी
उजाड मरुभूमिको सन्सार भो जिन्दगी !
बाचा कसममा निस्ठुरीलाई विश्वास गर्दा
 जित्ने चाहानामा हार भो जिन्दगी !!

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर