सिन्धुली मोटरसाइकल दुर्घटना अपडेट: प्रहरीका असई र हवल्दार दुबैको मृत्यु   

सिन्धुलीमाढी। सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ ।
प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका-९ धनुषा घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका-७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार  गस्ती गरेर पुनः प्रहरी चौकी  फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।
सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर