सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा, प्रहरी असाई ठाकुरको निधन 

सिन्धुली। रत्नावती प्रहरी चौकीका प्रमुख समेत रहेका असाई रबिन्द्र कुमार  ठाकुरको मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ।

जिल्लाकाे फिक्कल -५ सोल्पाठाना स्थित झगरे दोभानमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी असाई ठाकुरको घटना स्थलमा मृत्यु भएको छ।

आफैले चलाएको मोटरसाइकल  ब्रेकफेल भइ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका एस्पी गोविन्दराज काफ्लेले जानकारी दिए।

एस्पी काफ्लेका अनुसार सहायक हबल्दर सुर्य कुमार श्रेस्ठ गम्भीर घाईते भएको र उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ पठाउने तयारी भइरहेको जानकारी दिए।

सामुदायीक प्रहरी सेवा केन्द्रमा  लामो समय बसेर काम गरेका थिए।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर