वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम: दुधौलीमा वृक्षारोपण

दुधौली। वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रममा   दुधौलीमा वृक्षारोपण गरिएको छ।

सिन्धुलीको दुधौली नगरपालिका र चुरे उत्थानशील आयोजनाको सहकार्यमा वृक्षारोपण गरिएको हो।

वातावरण संरक्षण र स्वच्छ बनाउने उद्देश्यले बिहिवार दुधौली नगरपालिका –९ स्थित निर्माणाधीन नगरपालिका भवनको प्राङ्गणमा र सडक छेउमा अशोक, गुलमोहर र धुपीका  लगायतका १ सय २० बिरुवा रोपिएको चुरे उत्थानशील आयोजनाका  संचार विशेषज्ञ सेवा भट्टराईले जानकारी दिइन् ।

चुरे उत्थानशील आयोजना मधेस प्रदेश संयोजक राम बालक यादवले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीलाई एउटा बिरुवा हस्तान्तरण गरेर वृक्षारोपणको सुरुवात गरेका थिए।

वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारले भने, “हामीले विगतदेखि नै वृक्षारोपणलाई महत्त्व दिइराखेका छौँ । रुखहरू मानव जीवनसँग जन्मदेखि मृत्युसम्म सँगै हुन्छन् । रुखले हामीलाई अक्सिजन दिन्छ, भूक्षय रोक्छ, र जलवायु परिवर्तनको असर पनि न्यूनीकरण गर्छ । त्यसैले हामीले वृक्षारोपण गरेका हौँ।” मेयर अधिकारीले भने।

त्यसै गरी नगरपालिकाकी कृषि अधिकृत सीता खतिवडाले आगामी दिनमा वृक्षारोपणको काम र सबै सरोकारवालासँग मिलेर अघि बढाउने र हरियाली दुधौली बनाउने रहर भएको बताइन्।

समुदायमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वृक्षारोपण गरिएको चुरे उत्थानशीलता आयोजनाका सिन्धुली प्रदेश संयोजक राम बालक यादवले बताएका छन् । उनले “नगरपालिकासँगको सहकार्यमा हामीले वृक्षारोपण गरेका छौँ। नगरपालिकाका बढी भन्दा बढी मानिसलाई संरक्षणको सन्देश दिने हाम्रो उद्देश्य हो,” यादव भन्छन् । चुरे उत्थानशील आयोजनाले यो वृक्षारोपणका लागि बिरुवा उपलब्ध गराएको हो ।

चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षारोपण गरिएको हो ।

चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षारोपण गर्दै आएको छ । हाल सिन्धुली प्रदेशमा आयोजनाको १ ठुलो वन नर्सरी र १४ साना कृषि वन (निजी) नर्सरी गरेर १५ वटा नर्सरी रहेका छन् । यी नर्सरीमा कूल डेढ लाख भन्दा बढी बिरुवा रहेका छन्, जसमध्ये रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ । बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गर्ने चुरे उत्थानशील आयोजना सिन्धुलीले जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर