पुलको फर्मा पल्टिदा ४ घाइते 

सिन्धुली। निर्माण भइरहेको पुलको फर्मा पल्टिदा ४ जना  घाइते भएका छन् ।
हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको पक्की पुलको फर्मा पल्टिँदा ४ जना कामदार घाइते  भएका हुन् ।
फर्मा पल्टेर घाइते हुनेमा पर्सा बहुदमाही नगरपालिका ५ का ३३ वर्षका मनोज महतो, सोही ठाउँका ४५ वर्षका विनोद महतो, ४५ वर्षका अमलदेव महतो र हरिहरपुरगढी गाउँपालिका ७ का ५० वर्षका मदन घलान रहेका छन्।
घाइते भएका मनोजको दायाँ हातमा र विनोदको ढाडमा चोट लागेको छ भने अमलदेव र मदनको  घुँडामा चोट लागेको छ। उनीहरूलाई उपचारको लागि उपचारका लागी नारायणी अस्पताल बिरगंन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर