सिन्धुलीको बन्द शितभण्डार सञ्चालनमा ल्याउन प्रजिअ खनालले बढाए सक्रियता

सिन्धुली। जिल्लाको कमलामाई नगरपालिका–४ दोभान टारमा एक दशक अघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा पुगेपछि त्यसलाई सञ्चालन गर्न चौतर्फी दबाब बढेको छ ।

जुनार उत्पादनका लागि नेपालमै पहिलो रहेको सिन्धुली जिल्ला त्यही उत्पादनलाई नै लक्षित गरेर शीत भण्डार निर्माण भएको थियो । तर निर्माण पुरा भएर सञ्चालनमा नआउँदै शितभण्डार सञ्चालक समितिले तत्कालीन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यलाई जुस उद्योग कम्पनी सञ्चालन  गर्न निजमा दिएको थियो । ३६० मेट्रिक टन क्षमताको उक्त शीत भण्डार  एक करोड रुपैयाँ लागतमा २०६६ सालमा बनेको हो ।

नेपाल स्थित जापानी राजदूतावासको ६० लाख अनुदान र बाँकी रकम तत्कालीन समयमा जिविस, गाविस र जुनार उत्पादक किसानहरूबाट जुटाइएको थियो । तर जापानी दूतावासको आर्थिक सहयोगमा करोडौँको लगानीमा निर्माण भएको उक्त शितभण्डार वर्षौँ देखि प्रयोग विहीन अवस्थामा पुगेपछि जुनार किसानहरूले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले त्यसलाई पुनः सञ्चालन ल्याउन दबाब बढाएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका -४ मा रहेको जुनार शितभण्डार

लामो समयको बन्द पछि जापानी दूतावासले शीत भण्डारको बारेमा चासो देखाएपछि, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले उक्त शितभण्डार सञ्चालनको लागि पहल थालेको बताए ।   दूतावासको चासो पछि जुनार शीत भण्डार   स्थलगत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी खनालले माईशिर डटकमलाई प्रतिक्रिया दिए ।

जुनार शितभण्डार गाँजा खाने र तास खेल्ले युवायुवतिहरुको अखडा भएको छ।

प्रमुख जिल्ला अधिकारी खनालले भने: ‘मैले शितभण्डार को निरीक्षण गरेर आएँ, त्यसपछि पहिलो चरणमा शितभण्डार सञ्चालक समितिका पदाधिकारीहरू र सरोकारवाला निकाय सँग बसेर छलफल गर्न भनेर सम्पर्क गरेको छु । छलफलले निष्कर्ष निकाल्छ भन्नेमा आशावादी छु । ‘

सञ्चालक समितिका साथीहरू आउँछु भन्नु भएको छ । समयमा उहाँहरू आएर सञ्चालनको लागि केही निकास अवश्य दिनुहुनेछ, हामी शीत भण्डार जतिसक्दो चाँडो सञ्चालन गर्न चाहन्छौ । शितभण्डारमा सम्बद्ध साथीहरूले निकास दिनुभएन भने त्यहाँको छानबिन सँगै आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने छौँ ।

स्मरणीय छः उक्त शितभण्डारको रेखदेख गरिरहेका कर्मचारीले वर्षौँ देखी तलब पाएका छैनन् । दशैं र नयाँ वर्षमा केही रकम पठाए पनि त्यो अत्यन्त न्यून रहेको सम्बद्ध स्रोतले बताएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर