बागमती प्रदेशमा सीप वर्ष घोषणाको तयारी

हेटौँडा। बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले सीप वर्ष घोषणाको तयारी गरेको बताउनुभएको छ।

राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य सम्बन्धी छलफल कार्यक्रमलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै युवा परिषदमार्फत छ हजार युवालाई तालिम दिइएको बताउँदै सीप वर्ष घोषणाको तयारी गरेको बताउनुभयो।

उहाँले दक्ष भएको ज्ञानसीप हुँदा पनि सीप प्रमाणीकरण नहुँदा समस्या भएको बताउनुभयो। उहाँले आगामी बजेटमा दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकार लाग्ने बताउनुभयो।

सामाजिक विकास मन्त्रालयको आयोजना एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको सहकार्यमा छलफल कार्यक्रम भएको हो। कार्यक्रममा मन्त्रालयका उपसचिव गोपालप्रसाद खरेलले सरकार र निजी क्षेत्रको सहकार्यका विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका सुवास सुवेदीले राष्ट्रिय व्यावसायिक योग्यता, परिचय, सान्दर्भिकता र निजी क्षेत्रको भूमिका, प्रविधि संयोजक शुकबहादुर चौधरीले राष्ट्रिय व्यावसायिक प्रणालीका विषयमा जानकारी गराउनुभएको थियो। नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो। गोर्खापत्रबाट ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर