सिन्धुलीका ९ स्थानीय तहलाई ३ अर्ब ९८ करोड बजेट! [हेर्नुस् विवरण]

अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकार बाट सिन्धुलीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ लागि ३ अर्ब ९८ करोड ३४ लाख बजेट पाउने भएका छन् ।

सिन्धुली जिल्लाका ९ वटा स्थानीय सरकारका लागि समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान बापत सो रकम विनियोजन गरिएको हो ।जसमध्ये चालुतर्फ २ अर्ब ७९ करोड ६९ लाख र पुँजीगततर्फ १९ करोड ७५ लाख बजेट रहेको छ ।

नगरपालिका

जिल्लाका दुई नगरपालिका मध्य कमलामाई नगरपालिकाले सबैभन्दा धेरै ७५ करोड ३३ लाख बजेट पाएको छ। विनियोजित रकम मध्य चालु ६९ करोड ७४ लाख  पुँजीगत ५ करोड ५९ लाख रहेको छ। कमलामाईले समानीकरण अनुदान बापत १६ करोड ७२ लाख, सशर्त अनुदान ५४ करोड ३१ लाख, विशेष  अनुदान  ४ करोड २० लाख बजेट पाउने भएको हो। दुधौली नगरपालिकाले समानीकरण अनुदान १६ करोड २ लाख, सशर्त ४६ करोड ९२ लाख र विशेष अनुदान १ करोड ३० लाख गरी कुल ६४ करोड २४ लाख अनुदान पाउने छ। त्यसमध्ये चालुतर्फ ६० करोड ७४ लाख र पुँजीगततर्फ ५ करोड ५९ लाख बजेट रहेको छ।कमलामाई र दुधौली नगरपालिकालाई यस वर्ष संघीय सरकारले समपूरक अनुदान बजेट दिएको छैन।

कुन गाउँपालिकाले पायो सबैभन्दा बढी अनुदान?

सिन्धुलीका ७ वटा गाउँपालिका मध्य तीनपाटनले सबैभन्दा बढी अनुदान पाउने भएको छ । तीनपाटन गाउँपालिकाले समानीकरण अनुदान बापत ११ करोड ४९ लाख, सशर्त अनुदान ३९ करोड ५३ लाख र विशेष अनुदान २ करोड ४० लाख गरी कुल ५३ करोड ४२ लाख बजेट पाउने भएको हो । जसमध्ये चालुतर्फ ४९ करोड ९२ लाख र पुँजीगततर्फ ३ करोड ५० लाख रहेको छ । दोस्रो बढी अनुदान पाएको हरिहरपुरगढी गाउँपालिकाले समानीकरण बापत ९ करोड ६२ लाख, सशर्त अनुदान २९ करोड ४३ लाख, विशेष अनुदान ३ करोड ८० लाख र समपूरक अनुदान ६० लाख बजेट पाउने भएको छ ।हरिहरपुरगढीको कुल अनुदान ४३ करोड ४५ लाख रहेकोमा चालुतर्फ २९ करोड ७४ लाख र पुँजीगततर्फ १३ करोड ७१ लाख रहेको छ ।

यस्तै, सुनकोसी गाउँपालिकाले चालुतर्फ ३३ करोड २३ लाख र पुँजीगततर्फ ४ करोड ४८ लाख गरी ३७ करोड ७१ लाख बजेट पाउने भएको छ । त्यसमध्ये समानीकरण ८ करोड ८३ लाख, सशर्त अनुदान २४ करोड ३८ लाख, विशेष अनुदान २ करोड ७० लाख रहेको छ ।मरिण गाउँपालिकालाई ३५ करोड ४२ लाख अनुदान विनियोजन गरिएकोमा चालुतर्फ ३३ करोड २२ लाख र पुँजीगततर्फ २ करोड ३० बजेट रहेको छ । पालिकाले समानीकरण तर्फ ९ करोड ७७ लाख, सशर्त २४ करोड २५ लाख, विशेष अनुदान १ करोड ४० लाख बजेट पाउने छ ।

घ्याङ्लेखलाई सबैभन्दा कम अनुदान!

जिल्लाको गोलन्जोर गाउँपालिकाले चालुतर्फ ३१ करोड १ लाख र पुँजीगततर्फ १ करोड ९० लाख गरी कुल ३२ करोड ९१ लाख पाउने भएको छ । जसअनुसार गोलन्जोरले समानीकरण अनुदान बापत ८ करोड ३३ लाख, सशर्त अनुदान २२ करोड ९८ लाख, विशेष अनुदान १ करोड ६० लाख बजेट पाउने भएको हो । फिक्कल गाउँपालिकाले कुल ३३ करोड ५५ लाख अनुदान पाएकोमा चालुतर्फ ३२ करोड २७ लाख र पुँजीगततर्फ १ करोड २८ लाख रहेको छ । गाउँपालिकाले वित्तीय समानीकरण बापत ७ करोड ९२ लाख, सशर्त २३ करोड २८ लाख र विशेष अनुदान २ करोड ३५ लाख पाउने छ ।

सबैभन्दा कम अनुदान पाउने घ्याङ्लेख गाउँपालिकाको लागि कुल २२ करोड ३१ लाख अनुदान रकम विनियोजन गरिएको छ । जसमध्ये चालुतर्फ २० करोड ५३ लाख र पुँजीगततर्फ १ करोड ७८ लाख रहेको छ । घ्याङ्लेखले समानीकरण बापत ६ करोड ९५ लाख, सशर्त अनुदान १४ करोड २१ लाख र समपूरक अनुदान १ करोड १५ लाख पाउने छ ।

६ पालिकाले पाएनन् समपूरक बजेट भने, घ्यङ्लेखले विशेष अनुदान

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर, तीनपाटन,फिक्कल र मरिण गाउँपालिकाले समपूरक अनुदान पाएका छैनन्। जिल्लाका आठ पालिकाले विशेष अनुदान पाउँदा घ्याङ्लेख गाउँपालिकाले यो अनुदान पाएको छैन।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर