सिन्धुलीका पत्रकार डण्ड गुरुङ पुरस्कृत

काठमाडौँ। एभरेस्ट टाइम्स युके पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार  डण्ड गुरुङ पुरस्कृत भएका छन् ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पत्रकार गुरुङलाई सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशि रु  ४० हजार र सम्मान पत्र रहेको छ ।

एबीसी टेलिभिजनका सम्पादक समेत रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ तीनकन्याका गुरुङ सहित खिम घले र टिकाराम तामाङलाई संयुक्त अधिराज्य बेलायतबाट प्रकाशित हुने एभरेस्ट टाइम्सले पत्रकारितामा योगदान पुर्‍याए बापत पुरस्कृत गरेको हो।

त्यसै गरी एभरेस्ट टाइम्स युकेले पत्रकारहरू चिरञ्जीवी पौडेल, वासुदेव श्रेष्ठ र मेजन राईलाई १०/१०  हजार नगद र सम्मान पत्र सहित सम्मान गरेको थियो। भने, अभिनन्दन चौधरी र पवन मुडभरिलाई ५/५ हजार नगद र सम्मान पत्रले सम्मान गरेको थियो।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर