बैंक हाँक्ने सिन्धुलीयन युवाहरू

करिब डेढ दर्जनको सङ्ख्यामा वाणिज्य तथा विकास बैंकहरुको शाखा सदरमुकाम सिन्धुलीमाढीमा सञ्चालनमा रहेका छन् । यी बैंकका शाखाहरूमा मध्य धेरैको नेतृत्व सिन्धुलीयन युवाले गरिरहेका छन्।
सदरमुकाम सिन्धुलीमाढीमा  रहेका ७  वटा बैंकका शाखाहरूमा सिन्धुलीयन युवाले शाखा प्रमुखको रूपमा रहेका छन् । सिन्धुलीमाढी शाखा रहेका बैंकहरु मध्ये  सिद्धार्थ बैंक, कुमारी बैंक, प्राइम बैंक,  हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र राष्ट्रिय सहकारी बैंकमा सिन्धुलीयन शाखा प्रमुख रहेका छन् ।
क्रमशः राम कुमार श्रेष्ठ, मिनिता पौडेल र सुवास थापा
यी बाहेक सिन्धुलीमा शाखा रहेका बैंकहरु ग्लोबल आईएमई बैंक, सिटिजन बैंक, लक्ष्मी सनराईज बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एसबिआई बैंक, एनआईसी एसिया बैंक र ज्योती विकास बैंक मात्र सिन्धुलीयन बाहेकका शाखा प्रमुखहरू रहेका छन् ।
क्रमशः बिष्णु राउत,देवी पहाडी र मनोज श्रेष्ठ
सिन्धुलीमा रहेका ३१ वटा शाखा बैंकहरु मध्ये १२ वटामा सिन्धुलीयन युवाले जिम्मेवारी सम्हाल्दै आएका छन् । सिद्धार्थ बैंक दान बहादुर कार्की (कुमार), हिमालयन बैंक मनोज श्रेष्ठ, कुमारी बैंक सुबोध कोइराला, प्रभु बैंक राधिका श्रेष्ठ, प्राइम बैंक रामकुमार श्रेष्ठ र मुक्तिनाथ विकास बैक देवी पहाडी र राष्ट्रिय सहकारी बैंक मिनिता पौडेलले शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै  आएका छन्।
क्रमशः पशुपती विक्रम थापा, जनकण्ठ श्रेष्ठ र शैलेन्द्र शर्मा
त्यसै गरी सदरमुकाम बाहिर रहेका कुमारी बैंक खुर्कोटमा सुवास थापा, इन्भेष्टमेन्ट मेगा बैंकमा शैलेन्द्र शर्मा , फिक्कल गाउँपालिका खाङ्साङ्गमा रहेको प्राईम बैंकमा जनकण्ठ श्रेष्ठ,  तीनपाटन गाउँपालिका चकमके रहेको ग्लोबल आईएमई बैंकमा विष्णु राउत, दुधौली सिद्धार्थ बैंक पशुपती विक्रम थापाले सम्हालेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर