डाँडीगुराँसेमा एम्बुलेन्स नपुग्दा स्थानीय मर्कामा 

सिन्धुलीमाढी। डाँडीगुराँसेमा एम्बुलेन्स सेवा नपुग्दा स्थानीय मर्कामा परेका छन्।
डाँडीगुँरासे स्वास्थ्य चौकीमा भएको नागरिक स्कोर  कार्यक्रममा  एम्बुलेन्स सेवा नहुँदा आफूहरू  मर्कामा परेको बताएका छन् ।  एम्बुलेन्स नहुँदा यहाँका बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको वडा कमलामाई नगरपालिका  १ कि स्थानीय सङ्गीता माझीले बताइन । स्थानीय सरकारले एम्बुलेन्स व्यवस्था गरिदिँदा जटिल बिरामी तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्न अवस्थाको अन्त्य हुने उनको भनाई छ ।
त्यसै गरी  पदम बहादुर वाईबाले आम नागरिकले प्राप्त गर्ने हरेक सेवा सुविधाको बारेमा सम्बन्धित संस्था, वडा, स्थानीय तहबाट बुझ्ने अधिकार सबै नागरिकलाई हुँदो रहेछ भन्ने कुरा थाहा पाएको बताए ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १ मा रहेको मझीनिदमार स्वास्थ्य केन्द्रमा   स्थानीय तहमा युवाहरूको जबाफदेहिता सम्बन्धी युवा नागरिक स्कोर कार्ड कार्यक्रम बुधवार सम्पन्न भएको थियो ।
समुदाय स्तरमा उठेका स्वास्थ्य समस्याका बारेमा स्थानीय अभिभावक तथा स्वास्थ्यकर्मीहरुले स्कोर गरेका थिए । नागरिक स्कोर कार्ड कार्यक्रममा स्वास्थ्य संस्थामा उपलब्ध भएको एम्बुलेन्स सेवा नियमित र सुचारु रूपमा सञ्चालन, किशोर किशोरीको लागि परामर्श दिने स्वास्थ्यकर्मी र गोप्य परामर्श कक्षको व्यवस्था, नियमित गर्भ जाँच र प्रसूति पश्चताको सेवा  खोप तथा परामर्श  उपलब्धता लगायतका विषयमा छलफल भएको साल्स परियोजना  संयोजक सादेशमणी पोखरेल बताए।
कार्यक्रम प्लान इन्टरनेशनल नेपालको साझेदारी, कमलामाई नगरपालिकाको समन्वय र ह्याण्डस  नेपाल  सिन्धुलीको आयोजना भएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर