सिन्धुलीका पत्रकारलाई चुनाव लाग्यो, यी हुन् अध्यक्ष आकांक्षीहरु

सिन्धुलीमाढी। नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तीनै तहको निर्वाचन २०८१ जेठ २६ हुने भए सँगै पत्रकारहरूको चुनावी भेटघाट सुरु हुन थालेका छन् ।

सिन्धुलीमा अध्यक्षका आकांक्षीहरु पनि चुनावी गतिविधिमा देखिन थालेका छन्। सङ्गठनहरूको चुनावी तालमेल र पत्रकार सदस्यता नवीकरण नटुङ्गिएका कारण खुल्न भने सकिरहेका छैनन् ।

सिन्धुली महासंघको अध्यक्षका लागि प्रेम दाहाल, बाबुराम देवकोटा, विमला पाण्डे, टिकाजंग थापा, लीला नाथ पौडेल (विदुर), नवीन श्रेष्ठ र पुष्कर थापाको सशक्त दावेदारी देखिएको छ।

सिन्धुलीका पुराना पुस्ताका पत्रकारहरू मध्य लामो समयदेखि गोरखापत्रमा  कार्यरत बाबुराम देवकोटा यो पटक महासंघको निर्वाचनमा अध्यक्षका आकांक्षी हुन्।उनले प्रेस युनियनको प्रस्ताव र अन्य सङ्गठनको समर्थन जुटाउने तयारीमा लागेको बताए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज समेत रहेका प्रेम दाहाल पनि महासंघ सिन्धुलीको अध्यक्षका उम्मेदवार बन्न छलफलमा सक्रिय रहेका छन्। दाहाल यसअघि चौतारीले जितेको जिल्ला सेन्टर सँग गठबन्धन भए यस पटक पनि चौतारीको भागमा पारेर      अध्यक्ष  बन्ने दाउमा छन्। चौतारीमा उमेर वरिष्ठताको आधारमा पनि आफ्नो चौतारीको तर्फबाट प्रमुख दाबी रहने बताउँछन्।

त्यसै गरी सिन्धुलीबाट प्रकाशित साझा नेपाल साप्ताहिकको सम्पादक तथा राजधानी दैनिकमा कार्यरत विमला पाण्डे प्रेस चौतारीको तर्फबाट दाबेदार रहेकी छिन्।  आफूले पहिले अरूलाई पटक पटक छाडेको तर  विगतका वर्षहरूमा जस्तो आफू यो वर्ष ब्याक नहुने बताउँछिन्। सहयोगका लागि पत्रकार साथीहरू सँग छलफल चलाएको उनले बताइन्। प्रेस चौतारीले यस पटक महासंघ अध्यक्षको लागि प्रेम दाहाल, विमला पाण्डे र नयाँ पत्रिकामा कार्यरत लीला नाथ पौडेल (विदुर) बिच निक्कै रसा कस्सी देखिन्छ।

जिल्ला शाखालाई थप सुदृढ बनाउनका आफू अध्यक्षको आकांक्षी रहेको दुई कार्यकाल उपाध्यक्ष बनिसकेका टिकाजंग थापा बताउँछन्।

प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष समेत रहेका नवीन श्रेष्ठले पनि यो पटक अध्यक्षको आकांक्षी रहेको बताएका छन् । यसअघि अरूलाई बनाइयो । अब आफूलाई बनाउनुस् भनेर जाँदै छु, उनले भने ।

त्यसै गरी वर्तमान सचिव पुष्कर थापाले पनि प्रेस युनियनका तर्फबाट आफू महासंघ अध्यक्षका लागि सशक्त दावेदारी रहेको बताएका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर