सिन्धुलीमा निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ४ सय बढीले सेवा लिए

सिन्धुलीमाढी । सिन्धुली अस्पतालमा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ४ सय भन्दा बढिले सेवा लिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा, जिल्लाका ४२ वटा उपशाखाहरूको आयोजना तथा सिन्धुली अस्पतालको समन्वय र हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेसन इन्टरनेशनलको सहयोगमा आजदेखि सुरु भएको शिविरमा ४ सय २३ जनाले सेवा लिएका छन् ।
हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेसन इन्टरनेशनलका निर्देशन नारायण श्रेष्ठले. एक कार्यक्रमका बिच शिविरको उद्घाटन गरेका थिए ।
शिविरबाट स्त्री तथा प्रसूति रोग, दाँतको उपचार, नाक, कान, घाँटीको उपचार, आँखाको उपचार र जनरल फिजिसियन लगायतका सेवाहरू प्रदान गरिएको रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले जानकारी दिए । सभापति श्रेष्ठको अनुसार शिविरको पहिलो दिन  ४ सय २३ जनाले सेवा लिएका छन् । जसमध्ये ६६ जनाले जनरल फिजिसियन, ७१ जनाको स्त्री तथा प्रसूति रोग, ७१ जनाको दाँतको उपचार, ७१ जनाको नाक, कान, घाँटीको र १ सय ४४ जनाको आँखा उपचार सम्बन्धी सेवा लिएका छन् ।
शिविर भोलि र पर्सि पनि चल्ने नेपाल रेडक्रस सिन्धुली शाखाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर