मेयर कप व्याडमिन्टन : त्रिभुवन आर्मी–सिन्धुली उत्कृष्ट

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगरमा रहेको कर्भडहलमा जारी प्रथम मेयरकप सव जुनियर राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ हिजोबाट सुरु भएको प्रतियोगिताको आज समापन गरिएको हो ।
१३ बर्षमुनीको खुल्लामा त्रिभुवन आर्मी क्लबका दिप थिङ प्रथम, नेपाल पुलिस क्लबका प्रनिश कार्की द्धितीय र विख्यात थापा र सुर्यदर्शन एकेडेमीका आदित्य थारु तृतीय भएका छन् ।
सिन्धुली जिल्ला स्तरीय डबल ‘बि’लेवल अन्तर्गत पदम मगर र नवराज थापा प्रथम, शुक्र थिङ र मनोज थापा मगर द्धितीय, हरि रोक्का र मनोज बराल तथा विकास देवकोटा र विनोद भट्टराई तृतीय भएका छन् ।
१५ बर्षमुनीको खुल्लामा सिन्धुलीकी ईभा तामाङ प्रथम, आर्मीका सुदेश राजकोटी द्धितीय तथा प्रतिक विष्ट र दिप थिङ तृतीय भएका छन् । प्रतियोगिताबाट प्रथम, द्धितीय र तृतीय भएका खेलाडीहरुलाई क्रमश : २० हजार, १० हजार र ५ /५ हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
नगर खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष लोकविक्रम थापाको अध्यक्षता तथा नगर उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको थियो ।
जिल्ला व्याडमिन्टन संघ सिन्धुलीको आयोजना तथा नगर खेलकुद विकास समति सिन्धुलीको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।