पर्यटन प्रवर्द्धनका लागि सिन्धुलीमा फुड फेस्टिभल हुँदै

सिन्धुली । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल २०८२” को आयोजना हुने भएको छ । आगामी बैशाख ११ गतेदेखि २१ गतेसम्म जिल्लाको कमलामाई नगरपालिका ६ खम्बे चौरमा फुड फेस्टिभल संचालन हुने छ ।

ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आज शनिबार सिन्धुलीमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन तथा स्थानीय परिकारको प्रचार प्रसार गर्ने उदेश्यका साथ फेस्टिभल २०८२ हुन लागेको जानकारी दिएको हो ।

नेपाली परिकार देखि अर्न्तराष्ट्रिय खाना स्टल, स्थानीय गन्तव्यहरुको प्रचार तथा जानकारीमूलक प्रदर्शनी, बालबालिकाको लागि खेल, झुलाको साथमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका म्यानेजिङ डाइरेक्टर कविराज सुनुवारले जानकारी दिए । उनका अनुसार फुड फेस्टिभलमा सिन्धुलीको पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ ।

११ दिनसम्म संचालन हुने फुड फेस्टिभलका लागी ७५ लाख खर्च हुने अनुमान गरिएको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका प्रवन्धक अस्बिन थापा मगरले जानकारी दिए । फुड फेस्टिभलमा लगभग २० देखि २५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए ।

फेस्टिभलमा जिल्लाभरका उत्पादित कृषिजन्य उत्पादनको विक्रि वितरण तथा प्रदर्शनका लागि स्टल निशुल्क गराईने छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर