बागमती प्रदेशको नीति तथा कार्यक्रममा सिन्धुली कलाघरलाई समावेश गर्ने मन्त्री तामाङको घोषणा

सिन्धुली, २९ चैत । सिन्धुली जिल्लाको कमलमाई नगरपालिका- ३ चपौलीमा अवस्थित कलाघरले आयोजना गरेको राष्ट्रिय कला महोत्सवको दोस्रो दिन बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले यस कलाघरलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरी संरक्षण र प्रवर्द्धन गर्ने बताइन्।

मन्त्री तामाङले सिन्धुली जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठाउन यस कलाघरले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै यसको विकासका लागि सबैको सहयोग गर्नुपर्ने बताइन् । उनले यस वर्ष मन्त्रालयबाट ५ लाख रुपैयाँ सहयोग गर्ने र आगामी बजेटमा कलाघरको प्रवर्द्धनका लागि उचित शीर्षकमा रकम छुट्याउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिए, मन्त्री तामाङले कलाकारहरूसँग नाचेर उनीहरूलाई प्रोत्साहन गरेकी थिइन्।

स्थानीय नेतृत्व, कलाकार तथा सांस्कृतिक प्रेमीहरूको उपस्थिति रहेको र प्रदेश सरकारले यसरी कलाघरलाई नीतिगत रूपमा समर्थन गर्ने निर्णयले सिन्धुलीको सांस्कृतिक विस्तार, संरक्षण र प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर