खुर्कोटले ट्राइब्रेकरमा विजयी भएर अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जित्यो

२९ चैत्र २०८१, सिन्धुली । गोलन्जोर गाउँपालिका, ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल आज रोमाञ्चक मोडमा सम्पन्न भएको छ । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
नियमित समयमा दुबै टोलीले १–१ को बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै निर्णायक बढत लिएर विजयी हुन सफल भयो । यसरी उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए ।
प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि घोषणा गरिएको छ । खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित भए । उपाधि जिताउनुका साथै उत्कृष्ट खेलाडीको पुरस्कार पनि उनले हात पारे ।
यसैगरी, वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडानं ७ का सन्तोष माझी उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेका छन् । उनीहरूलाई ३ /३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
आज बिहान भएको खेलमा वडा नं –२ लाई ७ गोलको फराकिलो अन्तरले हराउँदै वडा नं –३ तृतीय स्थान हासिल गरेको थियो ।
खेलको विजेतालाई ६२ हजार ५ सय नगद, उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस प्रतियोगिताले गाउँपालिका भरिका युवा फुटबल खेलाडीहरूमा खेलप्रति रुचि बढाउने र स्थानीय स्तरमा फुटबल विकासमा योगदान पु¥याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।