सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै, अखिल क्रान्तिकारीको प्यानलै विजयी

सिन्धुली । सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।
क्याम्पसको स्ववियू अध्यक्षमा क्रान्तिकारीका विशेष राई निर्वाचित भएका छन् । राईले ११० मत ल्याएका छन् भने नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट उमेद्वारा बनेका दीपेश मैनालीले ५६ मत प्राप्त गरेका थिए । कुल मतदाता १८५ रहेको मरिण बहुमुखी क्याम्पसमा १६७ मत खसेको थियो ।
सचिव क्रान्तिकारी कै डम्बर कुमारी मास्के निर्वाचित भएकी छिन् भने, कोषाध्यक्ष आइसीमाया तामाङ रहेका छन् । त्यसैगरी सदस्यमा तुलसा आले, रदिप बराइली र रुजिता माझी प्यानलै विजयी बनेको छ । निर्वाचन मङ्गलवार सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया