स्ववियु चुनाव सिन्धुलीका ३ क्याम्पसमा हुँदै

सिन्धुली । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । l सिन्धुली जिल्लामा रहेका ११ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा चुनाव हुँदै छ।

ऐन, नियम, विनियम र निर्देशिकालाई आत्मसात् गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिविले अपिल गरेको छ । अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् ।

निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

११ क्याम्पस मध्ये लाम्पान्टार बहुमुखी क्याम्पस, त्रिपुरेश्वर शिक्षा क्याम्पस तिल्पुङ र तीनपाटन शिक्षा क्याम्पस भीमस्थानमा निर्विरोध कार्यसमिति चयन भइसकेको छ ।  सिन्धुली बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया समेत अघि बढेको छैन । त्यस्तै,  कांग्रेस निकट नेविसंघले निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय गुहारे पछि सुनकोशी, गौमती, सिद्धज्योति र जनज्योतिमा विवाद देखिएको छ भने ३ क्याम्पसमा निर्वाचन हुने भएको हो।

जिल्लाको मरिण बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि २ जना चुनावी मैदानमा उत्रिएका छन्। सभापतिका लागि कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले अनेरास्ववियुसँग संयुक्त प्यानल बनाएर अनेरास्ववियुका दीपेश मैनाली उम्मेदवार बनानएको छ । सभापतिका लागि अखिल क्रान्तिकारीकाबाट विशेष राई रहेका छन् ।

यसैगरी सरस्वती क्याम्पस डकाहामा स्ववियु सभापतिका लागि ३ जनाबिच प्रतिस्पर्धा छ। नेविसंघबाट तुलशा बराल,अनेरास्ववियुबाट लोकहरि अधिकारी (विनय) उम्मेदवार बनेका छन्। त्यसैगरी सभापतिमा अखिल क्रान्तिकारीका विवेक साह चुनावी मैदानमा छन्।

कमला बहुमुखी क्याम्पस दुधौलीमा ३ जना भिड्दै छन्। अनेरास्ववियुका टेकराज लुईंटेल (विवेक) ,  नेविसंघका सुशील कपाडी  र अखिल क्रान्तिकारीका छत्र रेणुका भट्टराई स्ववियु सभापतिका लागि भिड्दै छन्।

सिन्धुली बहुमुखी क्याम्पसमा विवाद

सिन्धुली जिल्लाकै धेरै विद्यार्थी रहेको सिन्धुली बहुमुखी क्याम्पसमा विवाद भएको छ। मतदाता सङ्ख्यामा थपघट भएपछि सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले निर्वाचन बहिष्कार गरेका छन्। मनोनयन मनोनयन दर्ताको अघिल्लो दिन क्याम्पस प्रशासनले विद्यार्थी छुटेको भन्दै एकै पटक ३ सय जनाको नाम पछि  अ‍नेरास्ववियु र अखिल क्रान्तिकारीले गम्भीर आपत्ति जनाएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर