सिन्धुली उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीको शपथ सँगै पदभार ग्रहण

सिन्धुलीमाढी । सिन्धुली उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र  सदस्यहरूले  पद तथा गोपनीयताको शपथ ग्रहण सँगै पदभार ग्रहण  गरेका छन् ।

सोमबार एक कार्यक्रमका बिच उद्योग वाणिज्य संघका नवनिर्वाचित अर्जुन कुमार श्रेष्ठ सहित पदाधिकारी सदस्यहरूले शपथ ग्रहण सँगै पदभार ग्रहण गरेका हुन् ।

सिन्धुलीउद्योग वाणिज्य संघको ३४ औ वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनबाट  निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका सहसंयोजक बन्द्रीबहादुर कार्कीले  पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

निर्वाचन समितिका सहसंयोजक बन्द्र बहादुर कार्कीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, कमलामाई नगरपालिका अन्तरगतका वडाका वडा अध्यक्षहरू, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो

शपथ ग्रहण कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले उद्योग वाणिज्य संघ व्यापारीहरूको छाता संगठन भएकाले व्यापारीहरूको हक हितका लागी कार्य गर्न आग्रह गरेका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर