फोनिज बागमती अध्यक्षमा पुनः युवराज श्रेष्ठ, महासचिवमा राजु नापित

रामेछाप। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज शनिवार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव संस्थागत चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

सदस्यमा बाबुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापति, रवि महर्जन,जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा र विशाल राज राई रहेका छन्।

त्यसैगरी सङ्घीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ , राजेश रुम्बा लामा र श्याम राना मगर निर्वाचित भएका छन्। भने लेखासमिति संयोजकमा अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर