कुलमानको पक्षमा बोल्दा मन्त्री पद गए पनि मतलब छैन- राज्यमन्त्री तामाङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आफूलाई पदको कुनै लोभ नभएको बनाएका छन्।
शुक्रवार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै राज्यमन्त्री तामाङले सो कुरा बताएका हुन् ।
उनले आफूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काम गर्ने मान्छे भएकाले उहाँलाई हटाउनु हुँदैन भन्दै आएको र यही कुरा भनेको आधारमा मन्त्री पदबाट हटाए पनि केही फरक नपर्ने बताए ।
उनले भने “मलाई भोलि नै मन्त्री पदबाट हटाए पनि मतलब छैन । मलाई पदको कुनै लोभ छैन । काम गर्ने मान्छे भए मलाई पुग्छ । कुलमान घिसिङ काम गर्ने कर्मचारी भएकोले उहाँको पक्षमा बोलको हुँ ।” उनले कुलमानको पक्षमा आफूले बोलेको कुरा नलेखेको भन्दै पत्रकारहरूलाई पनि खै ! त तपाइहरूले समाचार लेखेको भन्दै प्रश्न गरे । आफूले काम हुन्छ भन्ने लोभले कुलमानको विषयमा उहाँलाई निकाल्नु ठिक होइन भनेर बोलेको जिकिर गरे ।
कुलमान घिसिङ कुन पार्टीको हो भन्ने आफूलाई थाहा नभए पनि उहाँ एउटा राम्रो काम गर्ने कर्मचारीका रूपमा आफूले चिनेको उनले भने । मन्त्रालयका सचिवले उहाँलाई स्पष्टीकरण सोधेको सोधै तर घिसिङ भने काम गरेको गरै अवस्थामा रहेको समेत बताए । घिसिङले मन्त्रालयका सचिवले सोधेको स्पष्टीकरणको जवाफ कामले दिइरहेको समेत बताए ।
फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता र ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को प्रमुख आतिथ्य तामा फोनिज बागमती प्रदेशको तेस्रो महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो। नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनको बन्द सत्र जारी छ । बन्द सत्र भोलि शनिवारसम्म चल्ने फोनिजको कार्य तालिका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।