चैत्र २८ गते देखि सिन्धुलीमा राष्ट्रिय कला महोत्सव हुँदै

सिन्धुली । सिन्धुलीमा यहि चैत्र २८ गते देखि बैशाख ३ गते सम्म राष्ट्रिय कला महोत्सव हुने भएको छ।
आयोजकले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर कमलामाई नगरपालिका -३ चपौलीमा राष्ट्रिय कला महोत्सव हुने जनाएको छ ।
कला घर निमार्ण, मौलिक कला संस्कृतिको प्रवर्द्धन, कलाघरका कलाको प्रचार गर्ने उदेश्यले “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔ” भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कला घरका अध्यक्ष सुमन थापा मगरले जानकारी दिए ।
पाँच दिन सम्म संचालन हुने महोत्सबमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानको लागी व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनका खेलहरु संचालन गरिने छ ।
साथै, हस्तकला, चित्रकला, मूर्तीकला लगायत कलाहरुको प्रदर्शन तथा व्यापार, विद्यार्थीहरुबाट निर्मित विज्ञान तथा विभिन्न कलाहरुको प्रर्द्धशन, विद्यालय स्तरीय नृत्य, गायन तथा चित्रकला प्रतियोगिता, मार्शलआर्टका विभिन्न खेल कला प्रर्दशन र स्थानीय कृषि उत्पादनको प्रर्द्धशन तथा विक्रि वितरण गरिने सिन्धुली कला घरले जनाएको छ ।
यस्तै, महोत्सबमा कला घर स्थापनाकाल देखि आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने व्यक्ति, संघ संस्था, संचारकर्मी तथा सरकार, क्षेक्रगत आधारमा सिन्धुली जिल्लामा त्रियाशील मौलिक झाकी संस्कृती समुहहरुलाई सम्मान गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।