सुनकोशी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

सिन्धुलीमाढी । चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको  झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।

एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर  क्रान्तिकारी  कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर मंगलबार मनोनयन दर्ता गरेको थिए । भने नेविसंघले सभापतिका उमेद्वार पृथ्वी विक्रम थापाको मात्रै मनोनय दर्ता गरेको थियो । हिजो मंगलबार नै अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उमेद्वार बनेका सभापति बाहेक सबै निर्विरोध निर्वाचि भएको क्याम्पसले सूची प्रकाशित गरेको थियो ।

तर सञ्चालक समितिको निर्णय बेगर निर्वाचनको प्रक्रिया अगाडि बढाइएको भन्दै एमाले नेता समेत रहेका क्याम्पस सञ्चालक समिति अध्यक्ष रोमन राज गिरी (अशोक) ले सूचना जारी गरेर निर्वाचन रोकेका छन । अध्यक्ष गिरीले  विद्यार्थीहरूवाट निर्वाचन समिति गठन गरी आवश्यक निर्णय प्रक्रिया पूरा गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेकाले तत्कालको लागि निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको जनाकारी दिए । सञ्चालक समितिको बैठक राखी तत्पश्चात् प्रक्रिया मात्रै निर्वाचन  कार्य अगाडी बढाउने बताए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर