सिन्धुलीका ६ क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियुका उम्मेदवार

सिन्धुली । २०८१ को चैत ५ गते जति जति नजिकिँदै छ सिन्धुलीमा विद्यार्थी राजनीतिक वातावरण उति उति तात्तिदै छ । राजनीतिक तापमान बढेसँगै विद्यार्थी नेता र राजनीतिक दलका नेताहरूको कोठे बैठक, छलफल, भेटघाट बाक्लिँदै गएको छ । राजनीतिक ध्रुवीकरणमा पनि तीव्रता र कठोरता बढदै छ । कारण हो आगामी ५ चैतमा हुने स्ववियु निर्वाचन ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विद्यार्थी सङ्गठनहरू उमेद्वारा मनोनयन गरे सँगै चुनावी मैदानमा होमिएका छन् । अब हुने निर्वाचनमा जसको बाहुल्यता हुन्छ उसको राजनीतिक व्यक्तित्वमा ओज थपिने छ ।
सिन्धुलीमा आफ्नो वर्चस्व कायम राख्न विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी बिच सिधा टकराब सुरु भएको छ ।
शिद्वज्योती शिक्षा क्याम्पस फोस्रेटार, गौमती बहुमुखी क्याम्पस माढीबजार, सुनकोसी क्याम्पस रामटार र भिमज्योती क्याम्पस खुर्कोटमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेका छन् । भने मरीण बहुमुखी क्याम्पस कपिलाकोटमा अनेरास्ववियु र नेवसंघले गठबन्धन गरेर अखिल क्रान्तिकारीलाई परास्त गर्ने जमर्को गरेका छन् । तीनपाटन गाउँपालिका ३ क्याम्पसहरूमा तीन वटै विद्यार्थी सङ्गठनहरूले १/१ वटा क्याम्पस भागबण्डा गरेका छन् । तीनपाटनको त्रिपुरेश्वर शिक्षा क्याम्पस एमाले निकट अनेरास्ववियुले पाएको छ । विद्यार्थी सङ्गठनहरू आफ्नो वैभव जोगाउन सघर्ष गरिरहेका छन् ।
सिन्धुलीका १० सामुदायिक क्याम्पसहरूमा स्ववियु चुनाव हुँदै छ भने सिन्धुली बहुमुखी क्याम्पस ढुंग्रेबासमा मतदाताको विषयलाई लिएर विवाद हुँदा स्ववियु निर्वाचन अन्योल भएको छ । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले क्याम्पस प्रशासनले मतदाताको सङ्ख्या बढाएको आरोप लगाएका छन् । यस विषयमा विवाद भएपछि निर्वाचन अधिकृत दुर्गा प्रसाद अधिकारीले राजीनामा दिएका छन् । अधिकारीको राजीनामा पछि स्ववियु निर्वाचनको कार्य तालिका अवरुद्ध भएको छ । स्वतन्त्र विद्यार्थी युनियनका (स्ववियु) चुनावका लागि एमाले निकट अनेरास्ववियुले सिन्धुलीका ६ सामुदायिक क्याम्पसमा मनोनयन दर्ता गराएको छ ।
अनेरास्ववियु सिन्धुलीका सहसचिव शरद बरालका अनुसार अखिल क्रान्तिकारीसँग गठबन्धन गरेर अनेरास्ववियुले गौमती बहुमुखी क्याम्पसमा शेषकान्त दाहाल (मुकेश) र भीमज्योति शिक्षा क्याम्पस खुर्कोटमा लक्ष्मी श्रेष्ठको मनोनयन दर्ता गरेको छ । भने मरिण बहुमुखी क्याम्पसमा नेविसंघ संघ गठबन्धन गरेर दीपेश मैनालीलाई सभापतिको उमेद्वारी दर्ता गरेको छ । यता सरस्वती क्याम्पस डकाहामा लोकहरि अधिकारी (विनय) र कमला बहुमुखी क्याम्पस दुधौलीमा टेक प्रसाद लुइँटेल (विवेक) को नेतृत्वमा एकल मनोनयन गरेर चुनावी प्रतिस्पर्धामा गर्ने भएको छ ।
त्यस्तै तीनपाटनको त्रिपुरेश्वर शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी निरुता सुर्यबशीं आले मगरले मनोनयन दर्ता गरेकी छिन् । हिजो मङ्गलवार नै निर्विरोध बन्ने निरुतालाई नेविसंघले पनि उमेद्वारा मनोनयन दर्ता गरेपछि निर्विरोध हुन सकेन । सहमति अनुसार नेविसंघको उमेद्वारा फिर्ता लिएर सर्वसम्मत गर्ने तयारी रहेको अनेरास्ववियु सह-सचिव बरालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।