कांग्रेस महामन्त्री गगन थापा भोली सिन्धुली आउँदै

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार (भोली) सिन्धुली आउने भएका छन् ।
नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न उनी सिन्धुली आउन लागेका हुन् ।
शनिवार (भोली) बिहान ११ बजे तीनपाटन गाउँपालिका १ बेलघारीमा उक्त सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा महामन्त्री थापा प्रमुख अतिथिका रूपमा रहनेछन् । कांग्रेसका चर्चित युवा नेता समेत रहेका महामन्त्री थापाको आगमनलाई भव्य बनाउने तयारी गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति कर्ण थापाले जनाकारी दिए ।
सम्मेलनका क्रममा क्षेत्रीय संगठन सुदृढीकरण, पार्टी नीति तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।