आजदेखि सिन्धुलीको ‘त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग’मा जगद्गुरु बालसन्त मोहनशरणको श्रीमद्भागवत प्रवचन सुरु

८ फागुन २०८१,सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित १२ ज्योतिर्लिङ्ग मध्येको एक सुप्रसिद्ध त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको उपस्थितिमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सुरु भएको छ।

बाजा गाजा कलश यात्रा सहितको सुरु भएको श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञमा जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको ज्योतिर्लिङ्ग तथा गौतमी गङ्गाको उत्पत्ति र गौतम ऋषिले तपस्या गरेको गौतमी गुफाको बारेमा प्रवचन हुनेछ ।

२०७६ साल मंसिर २४ गते जगतगुरु बालसन्त महाराज बाटै त्र्यम्बकेश्वर ज्योर्तिलिङ्गको प्राण प्रतिष्ठा भएपछि अहिले कमलामाई नगरपालिका २ स्थित गौतमी अर्थात् अहिले बोलीचालीमा रहेको गौमती गङ्गाको समेत महत्त्व बढेको छ । महर्षि गौतम ऋषि र गौतम ऋषि पत्नी अहिल्याको घोर तपस्याबाट महादेव प्रकट भई त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग र पवित्र गौतमी गङ्गाको उत्पत्ति भएको धार्मिक विश्वास रहेको पाइन्छ ।

शिवपुराण, स्कन्द पुराण, बृहत् विष्णु पुराण, वाल्मीकि, रामायण लगायतका धर्मग्रन्थमा वर्णन गरिएका १२ ज्योतिर्लिङ्ग मध्ये प्रसिद्ध आठौँ त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग सिन्धुलीको पवित्र गौतमी तटमा विराजमान रहेको पहिचान गरी प्रचार प्रसार भए सँगै अहिले महत्त्व र विश्वास पनि बढ्न थालेको छ ।

मन्दिर व्यवस्थापन समितिले अशक्त भक्तजन महानुभावलाई मन्दिर परिसर अर्थात् भागवत स्थल सम्म आवतजावत गर्न अटो व्यवस्था गरेको जनाएको छ । यस्तै आवश्यक बाँस र खानपानको पनि व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर