कार्यसम्पादन मूल्याङ्कनमा गोलन्जोर गाउँपालिका दोस्रो

सिन्धुलीमाढी–  सिन्धुली जिल्लाका नौ वटा पालिकामध्ये गोलन्जोर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा  दोस्रो उत्कृष्ट पालिका भएको छ । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै दुधौली नगरपालिका पहिलो र गोलन्जोर गाउँपालिका दोस्रो हुदै  उत्कृष्ट ठहरिएका हुन।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष ०८०/०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा गोलन्जोर गाउँपालिकाले ६९.६ अंक प्राप्त गरी सिन्धुली जिल्लाका स्थानीय तहहरुमध्ये दोस्रो भएको छ ।

जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा गाउँपालिकाले आर्थिक वर्ष  २०८०/०८१ को  स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिजा) मा ६५ अंक र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ७१.५ अंक प्राप्त गरेको छ ।

दुधौली नगरपालिकाले ७३.१ प्रतिशत अंकभार प्राप्त गर्दै जिल्ला कै उत्कृष्ट ठहरिएको छ भने सुनकोशी गाउँपालिकाले ४९.३ प्रतिशत अंक ल्याएर सबैभन्दा अन्तिम स्थानमा रहेको छ ।

त्यसैगरी ६०.८ प्रतिशत अंकभार प्राप्त गर्दै हरिहरपुरगढी तृतीया, ५९.८ प्रतिशत अंकभार प्राप्त गर्दै मरिण र ५८.९ ८ प्रतिशत अंकभार प्राप्त गर्दै  तीनपाटन गाउँपालिका चौथो, ५७.५  प्रतिशत अंकभार प्राप्त गरेर फिक्कल गाउँपालिका पाँचौ र ५५.६ प्रतिशत अंकभार प्राप्त गरेर कमालामाई नगरपालिका छैटौ स्थान हुन सफल भएका छन्। भने घ्याङलेख ५४.७ अंक प्राप्त गरेको छ ।

यो मूल्यांकन गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा गरेका वित्तीय सुशासन र सदाचारीको आधार गरिएको हो। यसका लागि मूल्यांकनका विषय क्षेत्रमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन रहेका छन् । यिनै विषयलाई अंकभार दिँदा सबैभन्दा बढी भएपछि जिल्लाकै उत्कृष्ट दुधौली र गोलन्जोर ठहरिएको हो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर