गौमती माविको ५८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
२० माघ २०८१, सिन्धुलीमाढी । गौमती नमुना माविको ५८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यस कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा नगरपालिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात मेयर पोखरेलले व्यानर पढेर गरेका थिए। उनले आफ्नो सम्बोधनमा विद्यालयले गरेको शैक्षिक तथा सामाजिक योगदानलाई सराहना गर्दै यसले भविष्यमा पनि उत्कृष्टता कायम राख्ने अपेक्षा व्यक्त गरे। उनले अभिभावकहरूलाई पनि विद्यार्थीहरूको शिक्षा तथा चरित्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे। उनले धेरै विद्यार्थी भएका विद्यालय तथा टाढा टाढा बाट विद्यालय आउँने विद्यार्थीहरुलाई मध्यनजर गर्दै आवतजावतमा सहजताका लागी अवको आर्थिक बर्षबाट सिन्धुलीका तीनवटा विद्यालयलाई बस हस्तान्तरण गरिने बताए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ठ शिक्षकलाई पनि सम्मान गरिएको थियो । यसैगरी, अभिभावकहरूले पनि विद्यालयको विकासमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
गौमती माविले आफ्नो ५८ वर्षे इतिहासमा शैक्षिक गुणस्तरलाई उच्च बनाएर समुदायमा महत्त्वपूर्ण योगदान दिइरहेको छ। यस कार्यक्रमले विद्यालयको गौरवशाली विरासतलाई अगाडि बढाउने प्रेरणा दिने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष कर्ण घिसिङ्ले बताए । घिसिङले शिक्षक अनुशासित भएमात्र विद्यार्थी अनुशासित हुने बताउँदै गुणस्तरीय शिक्षा प्रदानका लागी विद्यालयका शिक्षकहरुलाई आग्रह गरे।
अब, गौमतीले किताबी ज्ञान सँगसँगै सिर्जनशील र व्यावहारिक कुराहरु सिकाउनु पर्ने कुरामा जोड दिए। साथै, अवको शिक्षा जीवनोपयोगी शिक्षा हुनुपर्ने घिसिङले जिकिर गरे।
विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक दिपक कुमार बुढाथोकीले प्रस्तुत गरेका थिए ।
।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।