अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि सिन्धुलीका यी विद्यार्थी नेता प्रतिस्पर्धामा

११ माघ २०८१,  सिन्धुली ।  नेकपा माओवादी केन्द्र निकट अनेरास्वविय क्रान्तिकारीको नयाँ नेतृत्वका लागि सिन्धुलीका ७ जना विद्यार्थी नेता चुनावी मैदानमा उत्रिएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको भोली हुने निर्वाचनमा सिन्धुलीबाट खुल्ला केन्द्रीय उपाध्यक्ष सहित ७ जनाको उमेद्वारी परेको छ ।

जसअनुसार खुल्ला उपाध्यक्षका लागि एक,  सचिवको लागि दुई तथा सदस्यको लागि चार जनाको उमेद्वारी परेको छ ।

खुल्ला केन्द्रीय उपाध्यक्षका लागि सिन्धुलीकी देवकी कार्कीको उमेद्वारी दिएकी छिन् । ४ जना खुल्ला केन्द्रीय उपाध्यक्षका लागि २० जनाको उमेद्वारीपरेको छ । उपाध्यक्षका उमेद्वार कार्की सिन्धुलीको फिक्कल गाउँपालिका ६ स्थायी ठेगाना भई हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै छिन् । कार्की स्कुल कमिटी देखि निरन्तर संगठनमा क्रियाशील रहँदै आएकी छिन् ।

फिक्कलको रत्नागंगा माध्यमिक विद्यालयबाट संगठनमा काम गर्दै गौमती उच्च मावि कमिटीको अध्यक्ष, सिन्धुलीको सचिवालय सदस्य, केन्द्रीय सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेकी कार्की उपाध्यक्षका लागि सबै भन्दा प्रभावशाली उमेद्वार हुन ।

त्यसै गरी केन्द्रीय सचिव खुल्लामा सिन्धुलीको फिक्कलका- ५ सोल्पाठानाका गोविन्द पहाडीले उमेद्वारी दिएका छन् । शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारको स्ववियु सभापति समेत रहेका पहाडी संगठनमा निरन्तर क्रियाशील रहँदै आएका छन् । ४ जना खुल्ला केन्द्रीय सदस्यको लागि २६ जनाको उमेद्वारी परेको छ । त्यस्तै समावेशी सचिवमा सुनकोशी गाउँपालिकाका बज्र सिं लामाले उमेद्वारी दिएका छन् ।  कोटेश्वर बहुमुखी क्याम्पस स्ववियु सदस्य २०७३ सालमा निर्वाचित बनेका लामा निरन्तर संगठनमा क्रियाशील रहेका छन् । एक केन्द्रीय समावेशी सचिवको लागि ५ जनाले उमेद्वारी दिएका  छन् ।

बागमती प्रदेशबाट केन्द्रीय सचिवालय सदस्यका लागि सिन्धुली बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत रहेका  फिक्कल गाउँपालिका -२ पोखरीका  हेम कुमार अछामीको उमेद्वारी दिएका छन् भने बागमती प्रदेशबाट दलित केन्द्रीय सदस्यका लागि रमा विश्वकर्माले उमेद्वारी दिएकी छिन् । सिन्धुली भूगोल केन्द्रीय सदस्यका लागि गोलन्जोर गाउँपालिका- ६ गैरीगाउँका धनबहादुर श्रेष्ठ (सुवास) र दुधौलीका विजय खड्काको उमेद्वारी रहेको छ। श्रेष्ठ र खड्का एक अर्काको प्रतिस्पर्धी भएका छन् ।

संगठनको नेतृत्व लोकतान्त्रिक विधिबाट छनौट गर्न पार्टीले निर्देशन दिएपछि भोलि माघ १२ गते काठमाण्डौंमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि देशभरिबाट २४ सय प्रतिनिधि सहभागी भएका छन् । -सिन्धुलीखबर बाट


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर