भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउनुस्ः महासचिव लामा
चितवन । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरूपण गर्न पत्रकारहरू सचेत र जागरूक हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको व्यापार फस्टाइरहेकोले त्यस्ता भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन मिडियाकर्मीहरू दरिलो ढंगले लाग्नुपर्नेमा जोड दिए ।
‘सरकारका विरुद्ध अनावश्यक टीकाटिप्पणी गर्दै नेतृत्वको तेजो बोध गर्ने प्रवृत्ति बढेको छ’ उनले भने, ‘म पत्रकार साथीहरूलाई भन्न चाहन्छु तपाईँहरूका कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्दछ ।
संगठन सुदृढीकरणका लागि गर्नुपर्ने काम र भूमिकाको विषयमा आफ्नो धारणा राख्दै महासचिव लामाले पत्रकारको क्षमता विकास र सुरक्षाको सवालमा पनि संवेदनशील भएर काम गर्नुपर्ने बताए ।
प्रेस चौतारी नेपाल बाग्मती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बाग्मती प्रदेशका जिल्लाका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारहरूका समस्या र सरकारको भूमिकाका बारेमा धारणा राखेका थिए । नवलपुर जिल्लाको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया