सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालले गरे पदभार ग्रहण
सिन्धुली । सदरमुकाम सिन्धुलीमाढीमा रहेको सिन्धुली अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिश चन्द्र ढकालले पदभार ग्रहण गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बिच अध्यक्ष ढकालले पदभार ग्रहण गरेका हुन । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट यही पुस ७ गते प्रदेशका ११ वटा सरकारी अस्पतालमा दलीय भागबण्डामा व्यवस्थापन तथा सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।
एमालेले चितवन, धादिङ, काभ्रे, भक्तपुर, दोलखा, ललितपुर लिने सहमति भएको थियो भने काठमाडौँ, रामेछाप, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र सिन्धुली काँग्रेसको भागमा परेको थियो । नेपाली काँग्रेसको भागबाट ढकाल सिन्धुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो पटक नियुक्त भएका हुन । नव नियुक्त अध्यक्ष सतिश चन्द्र ढकाललाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अभिषेक थपलियाले स्वागत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।