म ८४ मा भोट माग्नै नपर्ने गरी काम गर्ने छु: सुहाङ नेम्बाङ

इलाम–२ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् ।

निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम–२ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमानदार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् ।

‘म कसैलाई गाली गर्ने छैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाई आफूले राम्रो काम गर्नेछु’ उनले भने, ‘०८४ को चुनावमा भोट माग्नै नपर्ने गरी काम गर्नेछु ।’

नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘तपाईंहरूलाई कहिल्यै पनि पछुतो हुन दिनेछैन । तपाईंहरूको सल्लाह सुझावमै अगाडि बढ्नेछु । काम गरेर देखाउने छु ।’

नेम्बाङले अग्रजले व्यवस्था परिवर्तन गरेर धरातल बनाइदिएको र आफूलगायत युवा नेताले त्यही धरातलमा टेकेर सामाजिक र आर्थिक अवस्था परिवर्तन गर्ने बताए । उनले भने, ‘हाम्रो बुबाहरूको पुस्ता र अग्रज नेताले मुलुकमा व्यवस्था परिवर्तन गरेर हामीलाई सुनौलो व्यवस्था दिनुभएको छ । यसमा टेकेर अब हामी मुलुकलाई समृद्धि बनाउने छौं ।’

नेम्बाङले समाजलाई इन्द्रेणीको उदाहरण दिएर चर्चा गरे । उनले भने, ‘सात रंग मिलेर इन्द्रेणी बनेजस्तै हामी सबै मिलेर यो समाज बनेको छ । सबै समुदाय र जातको पहिचानको हक, अधिकार सुनिश्चित हुने संविधान बनेको छ । त्यसैले कसैलाई भ्रममा नपर्न म आग्रह गर्छु ।’

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर